सुनको मूल्य तोलामा तीन लाख नाघ्यो

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

नेपाली सुनचाँदी बजारमा आज नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन तोलामा नाै हजार दुई सय रुपैयाँले बढ्दै प्रतितोला तीन लाख एक हजार चार सय रुपैयाँ पुगेको छ।

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको थियो। लगातारको वृद्धिसँगै सुनको मूल्यले हालसम्मकै उच्च विन्दु छोएको हो।

त्यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी तोलामा तीन सय २० रुपैयाँले बढेर प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला पाँच हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

सुझावित समाचार