सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरिफायरले सञ्चालन गरेको उपभोक्ता योजनाअन्तर्गत अत्तरियानिवासी लक्ष्मी भट्टराई विजेता घोषित भएकी छिन् ।
योजनाअनुसार केन्ट आरओ प्युरिफायर खरिद गर्ने उपभोक्तामध्येबाट लक्की ड्रमार्फत छनोट भएकी भट्टराई चार रात पाँच दिनको मुम्बई यात्रासहित विश्वकप क्रिकेटमा नेपालको खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गरेकी छिन् । केन्ट आरओ प्युरिफायर अत्याधुनिक प्रविधि, उच्च गुणस्तर र शुद्धताको लागि परिचित ब्रान्ड हो ।