घरेलु उपकरण ब्रान्ड सेन्सेईले विश्वकपलक्षित उपहार योजनाको विजेता घोषणा गरेको छ । मुम्बई, वानखेडे स्टेडियममा हुने आइसिसी टी–२० क्रिकेटअन्तर्गत नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता योजनाको विजेता घोषणा गरिएको हो ।
जसमा सुर्खेतका दिवस खत्री छनोट भएका छन् । उनले कौशल इन्टरप्राइजेज सुर्खेतबाट सेन्सेईको वासिङ मेसिन खरिद गरी योजनामा सहभागी भएका थिए । कम्पनीका अनुसार विजेता खत्रीले पाँचदिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन् । उक्त प्याकेजमा काठमाडौं–मुम्बई दुईतर्फी हवाई यात्रा, तारे होटेलमा बसाइ, खानपिन तथा मुम्बई सहर अवलोकन समावेश छ ।
साथै, कम्पनीले आकर्षक अफर पनि ल्याएको जनाएको छ । सेन्सेईले फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा तीन केजी एरियल डिटर्जेन्ट पाउडर र सेमी अटोमेटिक वासिङ मेसिनको खरिदमा इलेक्ट्रिक केटल उपहार प्राप्त गर्न सक्नेछन् । साथै, ४३ इन्च वा सोभन्दा माथिका सेन्सेई ब्रान्डका टिभी किन्दा नौ महिनाको निःशुल्क नेटटिभी सब्स्क्रिप्सन पाउनेछन् । सीमित अवधिका लागि सञ्चालित यो योजनामा अझै पनि सहभागी भई आगामी चरणको विजेता बन्ने अवसर रहेको कम्पनीको भनाइ छ ।