सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

बिहिबार, ९ माघ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार नाै सय रुपैयाँले घटेर दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँ कायम रहेको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ५० रुपैयाँले घटेर पाँच हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।

सुझावित समाचार