आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा घरेलु टोली नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ सुरु गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस हारेकी हुन्।
नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो। नेपाल दोस्रो खेलमा जित्नैपर्ने दबाबमा छ। नेदरल्यान्ड्सले भने यसअघिका दुवै खेल जितिसकेको छ ।