६ जना पूर्वसांसदसहित जनताको घरदैलोमा डा. हरि रोका

बिहिबार, ९ माघ, २०८२
डिजिटल संस्करण

अर्थ तथा वाम राजनीतिक विश्लेषक डा. हरि रोकाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि चुवानी अभियान सुरु गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट खोटाङमा उम्मेदवारी दर्ता गराएका डा. रोकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट जनतासँग प्रत्यक्ष भेटघाटका लागि बुधबारबाट घरदैलो अभियान सुरु गरेका हुन् ।  

राजनीतिक दलको साधारण सदस्यसमेत नरहेका डा. रोका आगामी निर्वाचनका लागि नेकपाको तर्फबाट उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा होमिएसँगै जिल्लाका ६ जना पूर्वसांसदले साथ दिएका छन्।

दिक्तेलस्थित किराँतचोकबाट घरदैलो अभियान सुरु गरेका डा. रोकालाई जनताको बिचमा लगेर विजयी गराउन पूर्वसांसदहरू टंक राई र कुलप्रसाद फुयाँल, संविधानसभा सदस्यहरू समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेश सरकारका पूर्वऊर्जा, जलस्राेत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ र कोशी प्रदेश सरकारकै पूर्वसामाजिक विकासमन्त्री राजन राईले साथ दिएका हुन् ।  

डा. रोकाले कृषकको आवाज बनेर प्रतिनिधिसभामा छिर्नका लागि आफूले यसपटकको निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन् । 

सुझावित समाचार