मोरङमा तेस्रोलिंगी महिला नुमा लिम्बूको उम्मेदवारी

बुधबार, ७ माघ, २०८२
डिजिटल संस्करण

मोरङमा एकजना तेस्रोलिंगी महिलाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट तेस्रोलिंगी महिला नुमा लिम्बूले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । झापा घर  भएकी लिम्बूले समावेशी समाजवादी पार्टीबाट मोरङ– ४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

समानता, समावेशिता र न्यायका लागि आफूले उम्मेदवारी दिएको बताउँदै लिम्बूले मोरङ– ४ का सम्पूर्ण मतदातालाई मतदान गर्न अपिल गर्दै अन्य उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिएर तेस्रोलिंगी महिला उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेकी छिन् । तेस्रोलिंगी समुदायका हक र अधिकारका लागि सशक्त आवाज बुलन्द गर्ने उद्देश्यसहित समावेशी समाजवादी पार्टी गठन गरिएको बताउँदै पार्टीले प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १५ जना उम्मेदवार बनाएको जानकारी दिइयो ।

मोरङ निर्वाचन क्षेत्र नं. ४ मा  तीनजना स्वतन्त्रसहित २० जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

सुझावित समाचार