जनमतका अध्यक्ष सिके राउतले सप्तरी २ बाट उम्मेदवारी दिए

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। राउतले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

०७९ सालको निर्वाचनमा सप्तरी २ मा अध्यक्ष राउतले दोब्बरभन्दा बढी मतान्तरले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए। यादवले यसपटक सप्तरी ३ बाट उम्मेदवारी  दिएका छन्।

सिकेसँगै यस क्षेत्रमा पूर्वसिँचाइमन्त्री उमेशकुमार यादव र मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

सुझावित समाचार