नेपाली कांग्रेसले काठमाडौंका १० वटा क्षेत्रमै उम्मेदवार तय गरेको छ। काठमाडौंमा धेरै क्षेत्रमा नयाँ उम्मेदवार चयन भएका छन्।
कांग्रेसले काठमाडौं १ मा प्रबल थापा, काठमाडौं २ मा कविर शर्मा, काठमाडौं ३ मा रमेश अर्याल, काठमाडौं ४ मा सचिन तिमिल्सिना, काठमाडौं ५ मा प्रदीप पौडेल, काठमाडौं ६ मा कृष्णसबुज बानियाँ, काठमाडौं ७ मा प्रमोदहरि गुरागाईं, काठमाडौं ८ मा सपना राजभण्डारी, काठमाडौं ९ मा नानु बाँस्तोला र काठमाडौं १० मा हिमाल कार्कीलाई उम्मेदवार तोकेको छ।