नेकपाबाट प्रेम आलेले दर्ता गराए कैलाली ५ मा उम्मेदवारी

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

पूर्वमन्त्री प्रेम आलेले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् । आलेले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका हुन्। 

प्रतिनिधिसभाका पछिल्ला तीनवटै चुनावमा डोटीबाट ‘ह्याट्रिक’ गरेका आले यसपटक कैलाली झरेका हुन् । नेकपाले डोटीमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ। 

मुलुक संघीय संरचनामा जाँदा सुदूरपश्चिम प्रदेशको माग गर्दै धनगढीमा भएको अखण्ड सुदूरपश्चिम आन्दोलनको नेतृत्वकर्तामध्ये एक आलेको बसोबास धनगढीमा पनि छ ।

सुझावित समाचार