नेपाली कांग्रेसले नवलपुरबाट यसपटक दुवैजना नयाँ उम्मेदवार अगाडि सारेको छ । नेपाली कांग्रेसले नवलपुर क्षेत्र नम्बर १ बाट गजेन्द्र आले मगर र नवलपुर क्षेत्र नम्बर २ बाट विष्णु लामिछानेलाई अगाडि सारेको छ ।
गजेन्द्र आले यसअघि गैँडाकोट नगरपालिकाको नगर प्रमुखमा उम्मेदवार बनेका थिए । विष्णु लामिछाने नेपाली कांग्रेसको गण्डकी प्रदेशका महामन्त्री हुन् । उनी यसअघि गण्डकी प्रदेश सभा सदस्यसमेत भइसकेका हुन् ।
यसअघि नवलपुर १ बाट नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला चारपटक निर्वाचित भएका थिए भने नवलपुर २ बाट यसअघि नेपाली कांग्रेसका विष्णु कार्की निर्वाचित भएका थिए ।