नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्त आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न गृहजिल्ला रोल्पा पुगेका छन् ।
पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्ती र नेता झक्कु सुवेदीसहित गृहजिल्ला प्रवेश गरेका पुनलाई सुनिल स्मृति गाउँपालिका ४ सुलीचौरमा पार्टी कार्यकर्ता र स्थानीयले स्वागत गरेका छन् ।
पूर्वअर्थमन्त्री पुन तेस्राेपटक रोल्पाबाट उम्मेदवार बन्दै छन् । यसअघि उनी ०७४ र ०७९ को निर्वाचनमा नेकपाको आधार क्षेत्र मानिने रोल्पाबाट विजयी भएका थिए ।