प्रविधि कम्पनी साओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ । यस सिरिजमा चारवटा मोडेलहरू रेडमी नोट १५ प्रो प्लस ५जी, नोट १५ प्रो ५जी, नोट १५ ५जी र नोट १५ ४जी समावेश छन् । रेडमी नोट १५ प्रोमा ६५०० एमएएच सिलिकोन–कार्बोन (एसआइसी) ब्याट्री छ, जुन ४० मिनेटमै पूर्ण चार्ज हुन्छ । रेडमी नोट सिरिजमा पहिलोपटक एसआइसी प्रविधि प्रयोग गरिएको कम्पनीको भनाइ छ ।
त्यस्तै, रेडमी नोट १५ प्रो ५जी मोडेलमा पनि २०० एमपी क्यामरा सिस्टम र आइपी६६, आइपी६८, आइपी६९, आइपी६९ के रेटिङ छ । यस मोडेलमा साओमी अफलाइन कम्युनिकेसन छ र गुगल जेमिनी सर्कल टु सर्च समर्थन गर्ने बताइएको छ ।
रेडमी नोट १५ ५जी मोडेल ७.३५ मिलिमिटर प्रोफाइलसहित रेड्मी नोटको सबैभन्दा पातलो डिभाइस हो, तर यसमा ५,५२० एमएएच सिलिकन–कार्बन ब्याट्री रहेको छ । यो कालो, ग्लेसियर निलो र मिस्ट पर्पल रङमा उपलब्ध छ । साथै, नोट १५ ४जी मोडेलमा ६००० एमएएच ब्याट्री र १०८ मेगापिक्सेल क्यामरा छ, जसमा तीन गुणा अप्टिकल–स्तर टेलिफोटो रहेको बताइएको छ ।
यो मोडेल ८ जिबी र्याम र ५१२ जिबी क्षमतासम्म उपलब्ध हुनेछ । नोट १५ सिरिजको सार्वजनिक उत्सवमा कम्पनीले २०२६ जनवरी १९ देखि फेब्रुअरी १४ सम्म विशेष प्रवद्र्धनात्मक अफर सार्वजनिक गरेको छ । यस अवधिमा सबै मोडेलहरूसँग साओमी बड्समा विशेष छुटका साथ बन्डलिङ अफर पनि उपलब्ध छ । यी सिरिजको मूल्य ३० हजारदेखि ६७ हजारसम्म रहेको कम्पनीले जनाएको छ ।