शिक्षामन्त्री महावीर पुनले राजीनामा दिनुको कारण उम्मेदवारी दिन नभएको सचिवालयले स्पष्ट पारेको छ । शिक्षामा काम गर्न असहयोग भएपछि उनले राजीनामा दिएको स्वकीय सचिव डाक्टर सागर ढकालले बताए ।
‘उहाँले चुनावमा हाम फाल्न राजीनामा दिनुभएको होइन, काम गर्न अप्ठ्यारो भएपछि हो, शिक्षा सुधारमा माथिल्लो तहले सहयोग गरेन, मन्त्रीज्यू त्यसैमा बेखुसी हुनुभयो,’ उनले भने । मन्त्री पुनले शिक्षा नियमावली संशोधन गर्नेलगायतका प्राथमिकता अघि सारेका थिए । तर, यो काम गर्न कठिन भएको सचिवालयले जनाएको छ।