शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामापत्र प्रधानमन्त्री सुशीला कार्कीलाई पठाइसकेको पुनको सचिवालय सदस्य गीता रेग्मीले जानकारी दिइन् ।
रेग्मीका अनुसार मन्त्री पुनले राजीनामापत्र प्रधानमन्त्री कार्कीकहाँ पठाइसकेका छन्। ‘आज कार्यालय आउनुभएन, बाहिरबाटै प्रधानमन्त्रीज्यूलाई राजीनामापत्र पठाउनुभएको छ,’ उनले भनिन् ‘समय कम भएकाले कार्यालयमा नआई राजीनामा पठाउनुभएको हुन सक्छ ।’