नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्धिन राईले राजीनामा दिएका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिन उनले पदबाट राजीनामा दिएका हुन्।
उनको राजीनामा मेयर प्रशान्त विष्टले सोमबार नै स्वीकृत गरेको उपमहानगरले जनाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिवसमेत रहेका राईले बाँके क्षेत्र नम्बर २ को समग्र विकासका लागि आफूले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन लागेको बताए।