अमरेशकुमार सिंह र रहबर अन्सारी रास्वपा प्रवेश

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

स्वतन्त्र सांसद अमरेशकुमार सिंह र नेपाली कम्युनिस्ट पार्टी छाडेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। जनकपुरधाममा आयोजित परिवर्तन उद्घोष सभामा सिंह र अन्सारी रास्वपा प्रवेश गरेका हुन्।

माओवादी केन्द्रबाट मधेश प्रदेश सभा सदस्य निर्वाचित अन्सारीले गत पुस २४ गते नेकपाका संयोजक प्रचण्डलाई पत्र पठाउँदै पार्टी त्यागेको घोषणा गरेका थिए।

जनकपुरधामस्थित तिरहुतियागाछीमा जारी सभामा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लगायतका नेताहरू पुगिसकेका छन्।

सुझावित समाचार