नेसनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।

अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२६ का लागि तोकेको बिमाशुल्क संकलन गरी नेपालभरबाट टिओटीमा दुईजना, सिओटीमा चारजना र एमडिआरटीमा ७७ जना गरी छनाेट भएका ८३ जना अभिकर्तालाई भव्य समारोहबिच सम्मान गरेको छ।

कम्पनीकी अध्यक्ष सिंहले पानसमा द्वीप प्रज्ज्वलन गर्दै शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले तालिम प्रदान गरेका थिए।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरू सुरु गरेको र यसबाट अभिकर्ताहरू उत्साही भएको बताए।

उनले एमडिआरटी २०२६ मा तोकिएको बिमाशुल्क संकलन गरी एमडिआरटी सिओटी र टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै अभिकर्ताहरूलाई विशेष सम्मान गरेका थिए। साथै कम्पनीले एमडिआरटी अभिकर्ता उत्पादनलाई थप बल पुग्ने गरी ल्याएको मासिक योजना चेज योर एमडिआरटीमा सफल हुने अभिकर्तालाई तोकिएको प्रोत्साहन प्रदान गरेका थिए।

यसैगरी सबैभन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल तीनकुने शाखालाई पनि सम्मान गरिएको थियो।

सुझावित समाचार