हिमालयन बुलियनको बिक्री प्रबन्धकमा ज्योति क्यापिटल

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा ज्योति क्यापिटल नियुक्त भएको छ । धितोपत्र निष्कासनसम्बन्धी सम्झौतामा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र हिमालयन बुलियनका अध्यक्ष भीष्मप्रसाद गौतमले हस्ताक्षर गरेका छन्।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड ५० लाख रुपैयाँबराबरको १२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्नेछ । कम्पनीका अनुसार निष्कासन गरिने सेयर सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपालीसमेत), सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइनेछ । 

सुझावित समाचार