काभ्रेमा नेपाली कम्युनिस्ट पार्टी र एमालेले टुंग्याए उम्मेदवार

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेले काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याएका छन्। नेपाली कम्युनिस्ट पार्टीले काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा दीनानाथ गौतम र प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा बसुन्धरा हुमागाईंलाई उम्मेदवार बनाएकाे हाे । 

काभ्रेमा तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारले भाग लिएका थिए। क्षेत्र नम्बर १ का गौतमले तत्कालीन माओवादीको तर्फबाट टिकट पाएका हुन् भने क्षेत्र नम्बर २ का हुमागाईंले तत्कालीन एकीकृत समाजवादीको तर्फबाट टिकट पाएका हुन्। गौतम चौँरीदेउराली गाउँपालिकाका पूर्वअध्यक्ष हुन् भने हुमागाईं बागमती प्रदेशका पूर्वमन्त्री हुन् ।

त्यसरी नै नेकपा एमालेले पनि काभ्रे जिल्लाको दुवै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ। एमालेले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा अमित लामालाई उम्मेदवार बनाएकाे छ भने प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अशोक ब्याञ्जू श्रेष्ठलाई उम्मेदवार बनाएकाे छ। ब्याञ्जू काभ्रे एमालेका पूर्वअध्यक्ष तथा धुलिखेल नगरपालिकाका नगरप्रमुख हुन्। ब्याञ्जू दुई कार्यकाल नगरप्रमुख बनेका थिए।

सुझावित समाचार