आठ डिआइजीको सरुवा, लुम्बिनीमा भूपेन्द्र खत्री, बागमतीमा दीपक रेग्मी

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले नेपाल प्रहरीका आठ डिआइजीको सरुवा गरेको छ। सरुवामा चार प्रदेशको प्रहरी नेतृत्व फेरिएको छ। 

लुम्बिनीमा भूपेन्द्रबहादुर खत्री, बागमतीमा दीपक रेग्मी, गण्डकीमा दीपेन्द्र जिसी तथा कर्णालीमा जयराज सापकोटालाई पठाइएको छ। 

यसअघि लुम्बिनीमा राजेन्द्रप्रसाद भट्ट, कर्णालीमा माधव श्रेष्ठ, गण्डकीमा दिनेश आचार्य र बागमतीमा अरुण पौडेल कार्यरत थिए। निर्वाचनलाई लक्षित गरी सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ। 
 

सुझावित समाचार