उदयपुरमा एमालेबाट थापा र रायमाझी प्रतिनिधिसभा उम्मेदवार

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेले उदयपुरको दुवै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।

एमाले उदयपुरका अध्यक्ष भावत राउतका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा बेलका नगरपालिकाका पूर्वमेयर दुर्गाकुमार थापा ‘स्वतिक’ र प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा निवर्तमान प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीको नाम टुंगिएको छ।

थापा २०७४ स्थानीय तहको निर्वाचनमा बेलका नगरपालिकामा निर्वाचित मेयर हुन्। उनी २०७९ मा पनि एमालेबाटै बेलका नगरपालिकामा मेयरमै पराजित भएका थिए।

यता रायमाझी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं २ बाटै निर्वाचित भएका थिए।

सुझावित समाचार