नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवानिकट समूहले निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै पुनः निर्वाचन आयोगको ढोका ढकढक्याएको छ।
देउवा पक्षका तर्फबाट पूर्वमहान्याधिवक्ता खम्मबहादुर खातीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तय गरिएको निर्वाचन कार्यक्रम तत्काल रोक्नुपर्ने माग आयोगसमक्ष राखेको हो। देउवा समूहका एक नेताका अनुसार वर्तमान परिस्थितिमा तोकिएको कार्यतालिका व्यावहारिक नभएकाले स्थगन आवश्यक रहेको धारणा राखिएको छ।
निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्ष तर्फका उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको छ। तर, उक्त मितिप्रति असहमति जनाउँदै देउवा पक्षले आयोगसँग पुनर्विचारको आग्रह गरेको छ।