नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक-दुई दिनभित्र सिंगो कांग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेको बताएका छन्। शनिबार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका खोजेको उल्लेख गरे।
उनले पार्टीभित्रका अग्रज नेतालाई सँगै हिँडाउने र नयाँ युवालाई जोडेर अगाडि बढ्नेमा दुई मत नरहेको बताए। नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ।