स्थिर बन्यो नेप्से : ‘पर्ख र हेर’मा लगानीकर्ता

शनिबार, ४ माघ, २०८२
डिजिटल संस्करण

यो साता सेयर बजारमापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्थिर बनेको छ । २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा अन्योलता बढिरहेको र राजनीतिक घटनाक्रममा उतारचढाव देखिएकाले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको जानकारको विश्लेषण छ ।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता कायम रहेको र निक्षेपको ब्याजदर निरन्तर घटिरहेको सन्दर्भमा पनि सेयर बजारमा आकर्षण बढ्न सकेको छैन । साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा रहेकाले सोमबारबाट सुरु भएको नेप्से ५.५४ अंकले घटेर २६४०.५४ विन्दुमा पुगेको थियो । मंगलबार ४.९ अंकले बढेको थियो । बुधबार पनि सार्वजनिक बिदा रहेकाले अन्तिम कारोबार बिहीबार मात्रै भएको थियो । १.५२ अंकले बढेर बजार परिसूचक २६४१.४३ विन्दुमा पुगेको थियो ।

साताको तीन दिन मात्रै भएको कारोबारमा मंगलबार सर्वाधिक कारोबार भएको थियो । त्यस दिन ६ अर्ब ९४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । बिहीबार ६ अर्ब १७ करोडमा सीमित बन्यो । बजार पुँजीकरण ४४ खर्ब ३५ अर्ब कायम भएको छ ।

See More On

सुझावित समाचार