पुरुष साफ फुटसलमा नेपाल विजयी

शनिबार, ४ माघ, २०८२
डिजिटल संस्करण

नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिपमा शुक्रबार पहिलो खेलमा श्रीलंकालाई २–१ ले हराएको छ । पुरुषतर्फको पहिलो खेलमै नेपालले तीन अंक जोडेको छ ।

श्रीलंकाको यो पहिलो हार हो । यसअघि श्रीलंकाले भुटानसँग ३–३ को बराबरी खेलेको थियो । थाइल्यान्डको नोन्थाबुरी रंगशालमा नेपाललाई जित दिलाउन सरोज तामाङले दुवै गोल गरेका थिए ।

श्रीलंकाका मोहम्मद साजानले खेलमा १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमै सरोजले नेपाललाई १–१ को बराबरीमा ल्याए । उनले दोस्रो हाफमा थप गोल गर्दै नेपालको जित सुनिश्चित गरे । उनले खेलको १५औँ र २१औँ मिनेटमा गोल गरेका हुन् । 

See More On

सुझावित समाचार