इन्फिनिटी लघुवित्तको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार संस्थाका अध्यक्ष विष्णुकुमार घिमिरेको अध्यक्षतामा सहमति (संस्था) विजय चोक, गैँडाकोटमा सम्पन्न भएको हो ।
साधारणसभाले आर्थिक वर्ष ०८१/८२ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्युजिसनसम्बन्धी प्रस्तावहरू र आगामी आर्थिक वर्ष ०८२/८३ को लागि लेखारीक्षकको नियुक्तिसम्बन्धी प्रस्तावहरू पारित गरेको छ ।