तिहार रंगोली प्रतियोगिताका विजेतालाई साउन्ड बार प्रदान

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण

सिजी ब्रान्डले तिहारका अवसरमा सञ्चालन गरेको ‘तिहार रंगोली फोटो सेयर एन्ड विन कन्टेस्ट’का विजेतालाई उपहार प्रदान गरेको छ । कम्पनीले स्वयम्भूनिवासी सोयशा श्रेष्ठलाई सिजी मेरिडियाको साउन्ड बार प्रदान गरेको हो ।

यो साउन्डबारले उच्च गुणस्तरीय ध्वनि र उत्कृष्ट सांगीतिक अनुभव प्रदान गर्ने बताइएको छ । विजेतालाई सिजी ब्रान्ड होम अप्लायन्सेसका प्रतिनिधि भरतप्रसाद साहले उपहार हस्तान्तरण गरेका थिए ।

यो प्रतियोगिताले तिहारको उल्लास र घरआँगन सजाउने रंगोलीको कलात्मक सुन्दरतालाई डिजिटल रूपमा साझा गर्ने अवसर प्रदान गरेको थियो । सहभागीहरूले पठाएका रंगोलीका तस्बिरहरूले नेपाली मौलिक कला, संस्कृति र चाडपर्वको जीवन्त झल्को प्रस्तुत गरेका थिए ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौँ नेपाली परिवारको विश्वास जितेको छ । देशभर २१ वटा आधुनिक सोरुम र ४० वटा सेवा केन्द्रमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ ।
 

सुझावित समाचार