‘एग्रिटेक इन्टरनेसनल एक्स्पो’ सुरु

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण

आठौँ संस्करणको ‘नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो’ शुक्रबारदेखि भरतपुरमा सुरु हुँदै छ । कृषि क्षेत्रको आधुनिकीकरण तथा नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित २ देखि ४ माघसम्म एक्स्पो आयोजना गर्न लागिएको हो । मिडिया स्पेस सोलुसन्स प्रालि र युरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो । 

एक्स्पोमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि प्रविधि, डेरी, पशुपालन, कृषि औजार, बिउबिजन, मल, कीटनाशक, फुड प्रोसेसिङ, कृषियन्त्र, पशु स्वास्थ्य सेवा तथा वित्तीय समाधान प्रदान गर्ने कम्पनीको सहभागिता रहने बताइएको छ । यसले किसान र व्यवसायीलाई एकै थलोमा आधुनिक प्रविधि अवलोकन तथा प्रत्यक्ष जानकारी लिने अवसर प्रदान गर्नेछ ।

कृषि क्षेत्रमा लगानी, प्रविधि हस्तान्तरण र व्यावसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्म हुने बताइएको छ । विशेष गरी व्यावसायिक कृषक, एग्रो–उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीका लागि यसले व्यावहारिक ज्ञान र नेटवर्किङको अवसर प्रदान गर्नेछ ।

See More On

सुझावित समाचार