पेटेन्ट डिजाइन दर्ता तथा नवीकरणका लागि पुन: आवेदन दिनुपर्ने

बिहिबार, १ माघ, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलन हुनुअघि पेटेन्ट डिजाइन दर्ता  तथा नवीकरणका लागि उद्योग विभागमा निवेदन दिएका आवेदकले पुन: निवेदन दिनुपर्ने भएको छ । आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीपछि सम्पूर्ण फाइल जलेर नष्ट भएको भन्दै विभागले उक्त समयमा दर्ता तथा नवीकरणको प्रक्रिया सुरु गरेकालाई पुन: ९० दिनभित्र आवेदन दिन भन्दै सूचना जारी गरेको हो । 

गत २४ भदौमा भएको आगजनी तथा तोडफोडबाट विभागको औद्योगिक सम्पत्ति शाखामा रहेका भौतिक फाइल जलेर नष्ट भई पेटेन्ट र डिजाइन दर्ता तथा नवीकरण गर्ने कार्यमा समस्या परेकाले विभागले पुन: आवेदन दिन भन्दै सूचना प्रकाशन गरेको हो ।

उक्त मितिअघि विभागमा पेटेन्ट र डिजाइन दर्ता तथा नवीकरणका लागि निवेदन दिएका सम्पूर्ण दरखास्तवालाले आवश्यक कागजात संलग्न राखी प्रतिलिपि फाइल खडा गरी यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र पुन: आवेदन पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ विभागको सूचनामा उल्लेख छ । 

सुझावित समाचार