पर्यटन सेवा बुकिङका लागि इबुकिङ नेपालको सेवा शुभारम्भ

बुधबार, १ माघ, २०८२
डिजिटल संस्करण

होटल, ट्राभल, टुर प्याकेजजस्ता पर्यटन सेवाको डिजिटल बुकिङका लागि इबुकिङ नेपालले आफ्नो सेवा शुभारम्भ गरेको छ।

होटल, ट्राभल, टुर प्याकेज तथा अन्य डिजिटल बुकिङ सेवाहरू एउटै प्लेटफर्ममार्फत् प्रदान गर्ने गरी ‘इबुकिङ नेपाल’ सञ्चालनमा ल्याइएको हो। मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यसको शुभारम्भ गरेका हुन्।

इबुकिङ नेपालको वेबसाइट तथा एपमार्फत यसको सेवा पाउन सकिनेछ। पर्यटकलाई एयरपोर्टमा पिकअप र ड्रपको सुविधा पनि रहेको बताइएको छ। यो प्लेटफर्मले डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पर्यटन तथा सेवा क्षेत्रमा सकारात्मक योगदान पु¥याउनुका साथै राजश्व अभिबृद्धिमा समेत सघाउने बताइएको छ।

प्लेटफर्मले नेपालको पर्यटन सेवालाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न सहयोग पुग्ने इबुकिङ नेपालले जनाएको छ। ‘यसमार्फत नेपालको यात्रा तथा पर्यटन क्षेत्र सरलतापूर्वक विश्व बजारसँग जोडिने छ,’ विज्ञप्तीमा भनिएको छ, ‘स्थानीय पर्यटन व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उपकरणहरू पनि उपलब्ध गराउँदछ।’

यो प्लेटफर्मबाट होटेल व्यवसायी, ट्राभल एजेन्ट, सेवा प्रदायक तथा अन्तिम प्रयोगकर्ता सबैलाई सहजता र लाभ पुग्ने तथा भरोसायोग्य इकोसिस्टम निर्माण हुने बताइएको छ।

सुझावित समाचार