मार्बलस र भिएस निकेतनले पाँचौँ केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर पुरुषतर्फ क्वार्टरफाइनल स्थान पक्का गरेका छ । प्रतियोगिताको मंगलबार भएको खेलमा मार्वलसले ग्रिनलन्सलाई २७–१६ ले पराजित गर्यो ।
मार्बलस एक खेलअघि समूह ‘सी’ बाट अन्तिम आठमा पुगेको । यस समूहबाट सेवा सदन पनि क्वार्टरफाइनलमा पुगिसक्यो । मार्वलस र सेवा सदनबिचको खेलले समूह विजेताको टुंगो लाग्ने छ ।
भिएस निकेतनले माइलस्टोनलाई २४–१८ ले हराउँदै समूह ‘बी’को विजेता भयो । हारका बावजुद माइलस्टोन पनि समूह उपविजेताका रूपमा अन्तिम आठमा पुगेको छ । सिनियर पुरुषमा गोल्डेनपिकले गोदावरी रेसिडेन्सियलबाट वाकओभर पाउँदै समूह ‘डी’को विजेता हुँदै क्वार्टरफाइनल स्थान पक्का गरेको छ । काठमाडौं जेभियर्स पब्लिक स्कुल उपविजेता बनेको छ ।
आयोजक केएमसी ‘बी’ले आफ्नै ‘ए’ टोलीलाई ३१–२० ले पाखा लगाउँदै समूह ‘ए’ को विजेता बनेको छ । जुनियर पुरुषमा ग्रिनफिल्ड र ग्रिन लन्सले अन्तिम आठको स्थान पक्का गरे । ग्रिनफिल्डले ओम ज्ञान मन्दिरबाट वाकओभर पायो ।