प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौँ वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिकी अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा साधारणसभा सञ्चालन भएको हो।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ। सभाले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ। जसमध्ये ४ प्रतिशत शेयर लाभांश र ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) हो।

साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहलगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकसमेत निर्धारण गरेको कम्पनीले जनाएको छ।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ पुस २१ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा पुस २० गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्ने छन्।

सुझावित समाचार