कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

ज्योति विकास बैंकले जिल्ला अदालत कास्कीलाई कम्प्युटर सेट सहयोग गरेको छ । जेन जी आन्दोलनका क्रममा २४ भदौमा भएको आगजनी तथा तोडफोडका कारण भएको क्षतीपछि अदालतको दैनिक काम कारवाही सहज होस भन्ने उदेश्य सहित बैकले सहयोग गरेको हो । 

बैंकका गण्डकी क्लस्टर तथा प्रदेश प्रमुख सुजित नेपाल र बैंकको पोखरा न्युरोडस्थित पोखरा शाखा प्रमुख रेशमलाल श्रेष्ठले डेल ब्रान्डका दुई थान कम्प्युटर सेट अदालतलाई हस्तान्तरण गरेका थिए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको प्रमुख नेपालले जानकारी दिए । प्रदर्शनका क्रममा अदालतको सूचना प्रविधि प्रणालीमा क्षति पुगेको थियो । यो सहयोगले अदालतको दैनिक कार्य एंव सेवा प्रवाहलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।

सुझावित समाचार