साउदी अरबबाट टिक्मोमार्फत आइएमई गर्दा उपहार जित्ने अवसर

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

आइएमईले ‘टिक्मोमार्फत आइएमई गरौँ, उपहार जितौँ’ योजना  सार्वजनिक गरेको छ। यही पौष २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने यो अभियानअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरेर आइएमईमार्फत पैसा पठाउँदा विभिन्न उपहारहरू जित्ने अवसर रहेको छ।

टिक्मो एपमार्फत साउदी अरबबाट आइएमई गरी नेपाल पैसा पठाउँदा मेगा पुरष्कारअन्तर्गत एक भाग्यशाली विजेताले BYD Atto 1 इभी प्राप्त गर्न सक्नेछन्। मासिक दुई भाग्यशाली विजेताले Yadea Owin इभी स्कुटर तथा साप्ताहिक १२ भाग्यशाली विजेताले आइफोन १७ जित्न सक्ने कम्पनीले जनाएको छ।

सुझावित समाचार