सुनचाँदीको मूल्य हालसम्मकै उच्च

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पछिल्ला तीन दिनयता दुवै धातुको मूल्य निरन्तर उकालो लागेपछि बजारमा नयाँ कीर्तिमान बनेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला पाँच हजार ३४० रुपैयाँ पुगेको छ।

आइतबार प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य हिजो मात्रै चार हजार एक सय रुपैयाँले बढेर दुई लाख ७४ हजार सात सय रुपैयाँ कायम भएको थियो। आज पुनः वृद्धि भएसँगै सुनले हालसम्मकै उच्च मूल्य छोएको हो।

चाँदीतर्फ पनि यस्तै प्रवृत्ति देखिएको छ। आइतबार प्रतितोला चार हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी हिजो पाँच हजार १९५ रुपैयाँ पुगेको थियो भने आज थप बढेर पाँच हजार ३४० रुपैयाँमा किनबेच भइरहेको छ।

व्यवसायीहरूका अनुसार अमेरिकी डलरको विनिमय दरमा आएको उतारचढाव र विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितताले सुनचाँदीको मूल्य बढाउन मुख्य भूमिका खेलेको छ।

सुझावित समाचार