सुपारी, केराउ र मरिचको आयात खुलाइयो

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

सरकारले सञ्चालनमा रहेका तथा नयाँ उद्योगलाई औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात गर्न दिने भएको छ । सरकारले चालू आर्थिक वर्ष ०८२/८३ मा उत्पादनमूलक उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी सुपारी, केराउ र मरिचको आयात गर्न अनुमति दिने भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै कच्चा पदार्थका रूपमा ती वस्तु आयात गर्न अनुमति दिने जानकारी गराएको हो । सरकारले निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ को व्यवस्थाअनुसार यी वस्तुको आयातमा बन्देज लगाउँदै आएको थियो । तर, औद्योगिक प्रयोजनका लागि भने हरेक आर्थिक वर्ष यी वस्तुको आयात खुला गरिने गरिएको छ । 

See More On

सुझावित समाचार