कांग्रेसको विशेष महाधिवेशन लम्बियो, महामन्त्रीद्वयलाई बोलाएर छलफल गर्ने देउवाको तयारी

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्मका लागि लम्बिएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथि छलफल नसकिएपछि महाधिवेशन लम्बिएको हो। बन्दसत्रले भोलि मात्र नयाँ नेतृत्व चयनबारे निर्णय गर्ने भएको छ। 

महामन्त्रीद्वयको प्रतिवेदनमाथि छलफलन नसकिएपछि विशेष महाधिवेशन मंगलबारसम्मका लागि लम्बिएको प्रचारप्रसार उपसमितिका सदस्य–सचिव माधवप्रसाद चम्लागाईंले जानकारी दिए।

उता पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयसँग छलफलको तयारी गरेका छन्। निकटस्थहरूले छलफल गर्न सुझाव दिएपछि देउवाले बोलाउन लागेका हुन्। आफ्ना निकटस्थ नेताहरूसँगको बैठकमा देउवालाई छलफलका लागि सुझाव दिइएको थियो। नेता रामहरि खतिवडाका अनुसार देउवाले गगन र विश्वप्रकाशलाई बोलाएर छलफल गर्ने तयारी गरेका छन्। 
 

सुझावित समाचार