डिप्रोक्स लघुवित्तको २४औँ वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई बोनस र लाभांश वितरण

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबार आफ्नो २४औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। सभा आ.व. ०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत र पारित गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

सभाले लेखापरीक्षकको नियुक्तिसहित अन्य महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। यसैगरी, सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि पारित गरिएको छ। बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी रु. दुई अर्ब पाँच करोड ५१ लाख १४ हजार पुगेको छ।

सभाको अध्यक्षता संस्थाका अध्यक्ष श्री दीपक खनालले गरेका थिए । अध्यक्षले सेयरधनीहरूले राखेका जिज्ञासाहरूको स्पष्ट जवाफ दिएका थिए। कार्यक्रमको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्य राखेका थिए भने सभा सञ्चालन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए । निर्वाचनमा, संस्थापकतर्फको प्रतिनिधि पदका लागि नेपाल बैंक लिमिटेडका प्रदीपकुमार पाठक निर्विरोध चयन भएका छन् ।

सर्वसाधारण तर्फका तीनजना सञ्चालकहरू शिवप्रसाद भट्टराई, आयुषी सापकोटा र पुष्करनाथ भण्डारी निर्विरोध निर्वाचित भए।

संस्थाले यस वर्षको साधारणसभाबाट सेयरधनी सन्तुष्टि र वित्तीय पारदर्शिता सुनिश्चित गरेको जनाएको छ।

सुझावित समाचार