नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
तोलामा २८ सयले बढेर आज दुई लाख ७० हजार ६ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुन तोलामा दुई लाख ६७ हजार आठ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार बढेर चार हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ भने शुक्रबार चाँदी तोलामा चार हजार ७८० रुपैयाँ कायम भएको थियो ।