एनआरएनए महाधिवेशन आयोजक कमिटी गठन गर्न आग्रह

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी महाधिवेशनको मूल आयोजक कमिटी गठन गर्न परराष्ट्रमन्त्री बालानन्द शर्मासँग प्रतिनिधिले माग गरेका छन् ।

२३–२५ फेब्रुअरी ०२६ मा काठमाडौंमा आयोजना हुने १२औँ एनआरएनएको महाधिवेशनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरीय आयोजक समिति गठन गर्ने व्यवस्था छ ।

३० नोभेम्बर २०२५ मा भएको बृहत् एकता सहमतिअनुसार सो मितिमा १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ । मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको नेत्तृत्वमा गएको प्रतिनिधिमण्डलसँग परराष्ट्रमन्त्री शर्माले एनआरएनएको महाधिवेशन विधानअनुसार सञ्चालन गर्दा उपयुक्त हुने सुझाव दिए ।

भेटमा अध्यक्ष श्रेष्ठले संघको १२औँ महाधिवेशन बृहत् एकतापछि आयोजना गर्न लागिएको र एकता सुदृढ बनाउन काम गरिरहेको जानकारी बताए ।

See More On

सुझावित समाचार