राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आकस्मिक सचिवालय बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा शनिबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो।
पार्टी स्रोतका अनुसार बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, पार्टी एकता तथा सम्भावित समायोजनका विषयमा विशेष छलफल हुनेछ। यसका साथै संगठनात्मक गतिविधि र समसामयिक राजनीतिक विषयहरू पनि एजेन्डामा समेटिएका छन्।
हालै भएका विभिन्न राजनीतिक संवाद र आन्तरिक छलफलहरूको सन्दर्भमा बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सचिवालय बैठकबाट पार्टीको आगामी रणनीतिबारे केही महत्वपूर्ण निर्णय आउन सक्ने संकेत गरिएको छ।