सूचना, प्रविधि क्षेत्रको विकास, डिजिटल साक्षरता र दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याएबापत सरकारले कम्प्युटर एसोसिएसन नेपाल महासंघलाई सम्मान गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवका अवसरमा क्यान महासंघ र दुई पदाधिकारीलाई सम्मान गरेको हो ।
महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीलाई व्यावसायिक आइसिटी प्रशिक्षक र महासचिव चन्द्रविलास भुर्तेललाई पाठ्यक्रम मस्यौदा निर्माणमा योगदान पुर्याएबापत सम्मान गरेको प्रतिष्ठानले जनाएको छ । गत आवमा कम्प्युटर क्षेत्रका दुईवटा आधारभूत सीपमूलक पाठ्यक्रम तयार पारेर क्यानले प्रतिष्ठानलाई दिएको थियो ।