उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ को वसन्तपञ्चमी सामुदायिक वनमा दाउरा संकलन गर्न गएकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णु खड्काका अनुसार स्थानीय वर्ष ४२ की नमिता राई सुकेको सालको रुखमा चडी दाउरा काट्ने क्रममा अचानक रुखबाट लडेर आज (शुक्रबार) मृत्यु भएको हो ।
घटनाको विवरण दिँदै खड्काले भने, ‘मृतक महिला रुखबाट लडेर गम्भीर घाइते भएपछि सँगै दाउरा काट्न गएका छिमेकीहरूले देखी तत्काल उपचारका लागि नगर अस्पताल बेल्टारमा ल्याई चेकजाँच गर्दा उक्त अस्तपालका चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।’
घटनाको सूचना प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले अहिले थप अनुसन्धान गरिरहेको पनि खड्काले जानकारी दिए ।