‘एलओडी क्लब’ पुनः डिजे म्यागको मनाेनयनमा

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

ठमेलस्थित एलओडी क्लब पुनः ‘डिजे म्याग टप १००’को मनाेनयनमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२६  का लागि क्याम्पेनमा एलओडी परेको हो।

डिजे म्यागले हरेक वर्ष विश्वभरका सय उत्कृष्ट डिजे क्लबहरूको छनौट गर्छ। यस वर्ष पनि टप १०० क्लबको सूचीमा परेकाले भोट गर्न एलओडी क्लबले अपिल गरेको छ। एलओडी नेपालको वेबसाइटमा गएर डिजे टप १०० क्लबमा क्लिक गरेर भोट गर्न सकिने छ।

एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा राष्ट्र सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए। विश्वका उत्कृष्ट क्लबहरूमध्ये एलओडी ४४औँ स्थानमा छ।

सन् २०१९ मा स्थापना भएको एलओडीले साउन्ड, अत्याधुनिक लाइटिङ र सांगीतिक वातावरणको उच्चतम माहोल बनाएको श्रेष्ठले बताए। उनका अनुसार साउन्ड र लाइट सिस्टमलाई स्तरोन्नति गर्दै पाहुनाहरूका लागि अझ सहज र सुरक्षित वातावरण बनाएको छ।

सुझावित समाचार