दुर्गमका स्वास्थ्य चौकीलाई ज्योति विकास बैंकले दियो बेबी वार्मर

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

ज्योति विकास बैंकले कोशी प्रदेशका विभिन्न स्वास्थ्य चौकीलाई बेबी वार्मर उपकरण सहयोग गरेको छ । बैंकले नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप)को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको जनाएको छ । दुर्गम क्षेत्रमा सुरक्षित प्रसूति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका स्थानमा पनि बेबी वार्मर प्रदान गरेको जनाएको छ । 

बैंकको पहलमा संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नं १२ स्थित सिसुवाखोला हेल्थ पोस्ट र मकालु गाउँपालिका वडा नं ५ स्थित नुम प्राथमिक स्वास्थ्य केन्द्रमा बेबी वार्मर जडान गरिएको हो ।

साथै, खोटाङको जालपा वडा नं १२ स्थित पुजनसेवा नगर अस्पताल र पाँचथरको फालेलुङ गाउँपालिका वडा नं २ स्थित एकतिन हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको बैंकले जनाएको छ ।

उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य चौकीका पदाधिकारी तथा सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तिको उपस्थिति थियो । त्यसैगरी, अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो ।

सुझावित समाचार