गोदरेज नेपालले विशेष उपभोक्ता योजनाको विजेता घोषणा गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियम मा आयोजना हुने टी–२० विश्वकपअन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता घोषणा गरेको हो ।
कम्पनीका अनुसार पहिलो चरणको विजेता काठमाडौं, टोखानिवासी लुना ज्ञवाली रहेकी छिन् । उनले गोदरेजको आधिकारिक विक्रेताबाट गोदरेज वासिङ मेसिन खरिद गरेकी थिइन् ।
उपभोक्तालाई घरायसी जीवनसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले योजना सञ्चालन गरिएको कम्पनीले जनाएको छ । योजना गत मंसिर २९ देखि सुरु गरिएको हो ।
ज्ञवालीले चार रात पाँच दिनको मुम्बई यात्रासहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछिन् । उक्त यात्रा प्याकेजमा हवाई टिकट, होटेल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च गोदरेज नेपालले नै व्यहोर्ने जानकारी दिएको छ ।