साताको चौथो कारोबार दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक प्रि–ओपन सेसनमै सकारात्मक देखिएको छ। आज नेप्से १.६४ अंकले बढ्दै २६५०.९५ विन्दुमा पुगेको छ।
नेप्सेका अनुसार प्रि–ओपन सेसनमा कुल दुई करोड ३८ लाख ४५ हजार १४१ रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यस अवधिमा ४८ कम्पनीका ३२ हजार ५३५ कित्ता सेयर किनबेच भएका छन्।
कारोबारमा सहभागी कम्पनीहरूमध्ये २२ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने २४ कम्पनीको मूल्य घटेको छ। बाँकी दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको एक्सचेन्जले जनाएको छ।