सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदी महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्दै दुई लाख ६७ हजार सात सय रुपैयाँमा झरेको हो। अघिल्लो दिन अर्थात् मंगलबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

उता, चाँदीको मूल्य भने उकालो लागेको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर चार हजार ९३५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य चार हजार ८८० रुपैयाँ रहेको थियो।

सुझावित समाचार