राष्ट्रिय महिला क्रिकेट टोलीले टी–२० विश्वकप ग्लोबल छनोटको पूर्वसन्ध्या बुधबार माथिल्लो मूलपानी मैदानमा अमेरिकाविरुद्ध अभ्यास खेल खेल्दै छ । नेपाल पहिलोपटक आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटमा पुगेको हो ।
ग्लोबल छनोटमा १० राष्ट्रहरू सहभागी छन् । छनोटको मुख्य प्रतिस्पर्धाअघि आइसिसीले अभ्यास खेल आयोजना गरेको हो । नेपालले ९ जनवरीमा स्कटल्यान्ड र ११ जनवरीमा जिम्बावेविरुद्ध अभ्यास खेल खेल्नेछ । ग्लोबल छनोटका शीर्ष चार टोलीले आगामी जुनमा इंग्ल्यान्डमा आयोजना हुने टी–२० महिला विश्वकपमा स्थान बनाउनेछन् ।